चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा बलामी

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको नयाँ अध्यक्षमा आगामी तीन वर्षको लागि समीर बलामी निर्वाचित भएका छन् । उनी यस अघि पनि अध्यक्ष थिए । काठमाडौँमा सम्पन्न १० औँ महाधिवेशनबाट बलामीको अध्यक्षतामा शनिबार मध्यरातमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य, उपाध्यक्ष (महिला)मा दिपज्योति थापा, महासचिवमा गोपीकृष्ण चापागाईँ निर्वाचित भएका छन । यस्तै सचिव मदन रिजाल, समावेशी सचिवमा मोहम्मद जालिम, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।

सोही महाधिवेशनबाट संघको केन्द्रिय कार्यसमिति सदस्यहरूमा सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईँ, सोजना विक लोहार, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने चयन भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल