मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले १ सय १६ अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ।
गाउँपालिकाले यस आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट यस वर्ष ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिक गरी ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो ।
बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियां बागमती प्रदेशका श्रम रोजगार यातायात मन्त्री जयराम थापाले कोषमा आबद्धता भएका मजदुरहरुलाई परिचय पत्र वितरण गरेका थिए ।
गाउॅंपालिकाले हालसम्म ३सय ११ जना असंगठीत क्षेत्रका मजदुरहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ। सामाजिक सुरक्षा योजनाअन्तर्गत श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा जस्ता सेवा सुविधा प्राप्त गर्नेछन्।
पहिले उपचारमा करिब १० हजार रुपैयाँसम्म खर्च हुने अवस्था रहे पनि अहिले कोषमा आवद्ध भएपछि करिब २ हजार रुपैयाँमै उपचार सम्भव भएको सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुरको अनुभव छ ।
अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई कोषमा आवद्ध गराउन गाउँपालिकाले न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र गाउँपालिकाको तर्फबाट ९।३५ प्रतिशत थप गरी कुल २०.३५ प्रतिशत अर्थात मासिक २४७९ रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाएको छ ।
भीमफेदी गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग २०८० साउन ३० गते सम्झौता गर्दै कार्यक्रम अघि बढाएको थियो । गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने नेपालकै पहिलो गाउँपालिका तथा बागमती प्रदेशकै अग्रणी स्थानीय तहका रूपमा स्थापित भएको छ।
गाउँपालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख आतिथ्यता रहेको थियो ।
सम्बन्धित समाचार
क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल
मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम
पहलगाम आक्रमणप्रति एलन फाउन्डेशनद्वारा निष्पक्ष छानबिन र कारबाहीको माग
गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर
उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण
बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु






