सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा बालबालिकाको पोषण अवस्था पहिचान तथा सुधारका लागि पोषण लेखाजोखा अभियान सुरु भएको छ । जिल्लामा पाँच वर्षमुनिका बालबालिकाको पोषण तथा स्वास्थ्य अवस्था’bout जानकारी संकलन गर्न पोषण लेखाजोखा अभियान सञ्चालन भइरहेको छ ।
अभियान अन्तर्गत जिल्लाभरका ६ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । पोषण लेखाजोखा अभियानमा विशेषगरी दुर्गम बस्तीमा रहेका बालबालिकालाई लक्षित गर्दै घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिने योजना रहेको कार्यालयले जनाएको छ ।
बृहत पोषण लेखाजोखा अभियानअन्तर्गत जिल्लाका १० स्थानीय तहका करिव ६ हजार ८ सय ४५ बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय सङ्खुवासभाका सूचना अधिकारी रोशन श्रेष्ठले बताउनुभयो । बालबालिकाको स्वास्थ्य सुधार गर्ने उद्देश्यले पोषण विशेष अभिमूखिकरण तथा पोषण लेखाजोखा कार्यक्रम गत बैशाख १० गतेदेखि चलिरहेको छ ।
पोषण लेखाजोखा अभियानअन्तर्गत पाँच वर्षमुनिका बालबालिकाको तौल, उचाइ तथा स्वास्थ्य अवस्थ,उमेरअनुसारको वृद्धि तथा कुपोषणको अवस्था परीक्षण गरिनेछ । साथै, कडा कुपोषण भएका बालबालिकाको पहिचान गरी आवश्यक उपचार तथा परामर्श सेवा उपलब्ध गराइने बताइएको छ ।
यस अभियानमार्फत कुपोषणको जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक परामर्श तथा उपचार सेवासमेत प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय तहका प्रतिनिधिहरू परिचालित भएका छन् ।
अभियानका क्रममा बालबालिकाको नियमित वृद्धि अनुगमन, पोषणसम्बन्धी जनचेतना अभिवृद्धि तथा अभिभावकलाई सन्तुलित आहार’bout जानकारी दिने कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ । स्वास्थ्य कार्यालयले बालबालिकालाई समयमा नै पोषण सेवा उपलब्ध गराउन र कुपोषण न्यूनीकरण गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। जिल्लाभर सञ्चालन हुने यो अभियान बैशाख ३० गतेसम्म जारी रहने बताइएको छ ।
अभियान जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने र स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने जनाइएको छ । अभियानले बालबालिकामा देखिने कुपोषण, रक्तअल्पता तथा वृद्धि विकाससम्बन्धी समस्या समयमै पहिचान गर्न लेखाजोखा अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ । अभियानमा अभिभावकलाई आफ्ना बालबालिकालाई स्वास्थ्य परीक्षणमा सहभागी गराउन आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
सुन्दरहरैंचाका निजी विद्यालयद्वारा एडमिशन शुल्क असुली जारी
दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण
सुन्दरहरैचामा शिक्षकका लागि ‘स्टीम’ प्रविधिमूलक तालिम सम्पन्न
सुधारिँदै काठमाडौँको वायु गुणस्तर
गुराँसको राजधानी भरिभराउ, होटल नपाएर फर्कँदै पर्यटक
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
खाँदबारी–किमाथाङ्का सडक: ‘ट्रयाक’ स्तरोन्नति






