बर्दियामा बन्यो महिलामैत्री क्वारेन्टाइन

बर्दिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकामा महिलामैत्री क्वारेन्टाइन निमार्ण गरिएको छ । महिलाहरु मात्र बस्न पाउने गरि क्वारेन्टाइन निर्माण गरिएको हो । गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित कोटही माध्यमिक विद्यालयमा महिला क्वारेन्टाइन बनाइएको छ । गुलरिया नगरपालिकाले २५ बेड क्षमताको महिला क्वारेन्टीनको व्यवस्थापन गरेको हो ।

यो क्वारेन्टाइन व्यवस्थापनको जिम्मा पनि महिलालाई नै दिइएको छ । क्वारेन्टाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सबै महिला नै छन् । अहिले यो महिला क्वारेन्टीनमा एक ७ वर्षीया बालिकासहित ५ जना महिलाहरु रहेका छन् । गुलरियावाहेक जिल्लाका ७ वटै स्थानीय तहहरुले बनाएको क्वारेन्टाइनमा महिला र पुरुषहरुलाई एउटै क्वारेन्टाइनमा बस्दै आएका छन् ।

गुलरिया नगरपालिकामा भने पहिलो पटक महिला क्वारेन्टाइन निर्माण गरिएको हो । महिला र पुरुष सबैलाई एकै ठाउँम राख्दा महिला हिंसा हुने सम्भावना बढेको र महिला तथा बालबालिकाहरुलाई शौचालय जान, नुहाउनलगायतका व्यक्तिगत सरसफाइमा समस्या पर्ने भएकोले महिला क्वारेन्टीन बनाएको गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखाप्रमुख शिला शाहले बताइन् ।

पछिल्लो समय भारतबाट फर्कने महिलाहरुको संख्यापनि बढ्दै गएपछि अन्य पालिकामा पनि महिला क्वारेन्टाइन निर्माण गरिने जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । जिल्लामा हाल १ सय ५२ क्वारेन्टाइन छन् । जसमा महिला ५ सय ४९ र पुरुष ४ हजार २९३ जना गरी जम्मा ४ हजार ८४२ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानगरले गर्‍यो फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समावेश