एम्बुलेन्समा राख्ने मान्छे नभएपछि महिलाको क्वारेन्टाइनमै निधन

सांकेतिक तस्वीर

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका – १ मा रहेको क्वारेन्टाइनमा एकजना महिलाको मंगलबार राति निधन भएको छ । गन्यापधुरा गाउँपालिका–१ को असिग्राम आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै ३० वर्षिय सविता विकको निधन भएको प्रहरी चौकी बडालका इन्चार्ज असई धनबहादुर बिष्टले बताए ।

मृतक महिलाको गन्यापधुरा गाउपालिकाका-२ स्थायी घर भएको र उनी जेठ १७ गते श्रीमानसंगै भारतको दिल्लीबाट आएर क्वारेन्टाईन बसेको समेत इन्चार्ज विष्टले बताए ।

राति ११ बजेतिर शौचालय गएर फर्किएकी र सुत्ने स्थानमा पुग्दा एक्कासी रिङ्गटा लाग्ने र जिउ काम्ने गरेको र उनलाई उपचारका लागी एम्बुलेन्स राति १ बजे क्वारेन्टाइनस्थल पुगेको भए पनि विरामी महिलालाई कसैले पनि नछोएरको र एम्बुलेन्सका चालक पनि सुरक्षा सामाग्री प्रयोग नगरी गएकोले ती महिलालाई कसैले पनि एम्बुलेन्समा नराख्दा क्वारेन्टाइनमै मृत्यु भएको छ ।

मृतक महिलाको कोरोना परिक्षणका गर्न स्वाब संकलनका लागि स्वास्थ्यकर्मीहरुको टोली क्वारेन्टाइनतर्फ गएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोस्रो स्थानीय तह निर्वाचन आज