महेन्द्रनगर। जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि २३ स्वर्णसहित भीमदत्त नगरपालिकाले जितेको छ। आज कञ्चनपुरको बेदकोट नगरपालिकास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा भीमदत्त नगरपालिकाले २३ स्वर्ण, १२ रजत र १० काष्यसहित उपाधि जितेको हो।
आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँको कृष्णपुर नगरपालिकाले १५ स्वर्ण, छ रजत र ११ काष्यसहित दोस्रो स्थान बनाएको जनाउँदै बेदकोट नगरपालिकाले १० स्वर्ण १३ रजत र ११ काष्यसहित तेस्रो भएको उल्लेख गरे।
शुक्लाफाँटा नगरपालिकाले ७, पुर्नर्वास नगरपालिकाले ७, दोधारा–चादँनी नगरपालिकाले २ र बेलौरी नगरपालिकाले १ स्वर्ण जितेका छन् भने त्यस्तै, लालझाडी र बेल्डाँडी गाउँपालिका स्वर्णविहीन बनेका छन्। ३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिबल खेलमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको १७औँ संस्करण आगामी वर्ष दोधारा–चादँनी नगरपालिकामा हुने भएको छ।
सम्बन्धित समाचार
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
सुन्दरहरैंचामा ‘प्रथम अन्तर्राष्ट्रिय खोर्साने गोल्डकप’ हुने, विजेतालाई २ लाख पुरस्कार
गुल्मीमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले पराजित
स्कटल्यान्डले अमेरिकालाई दियो ३२२ रनको चुनौती
आईसीसी क्रिकेट : नेपाल र अमेरिका भिड्दै, यसकारण छ नेपालका लागि आजको खेल निकै महत्वपूर्ण






