चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत

काठमाडौं ।चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ ।

सङ्घले ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज गिरीलाई, ५१ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीलाई, ५१ हजार राशिको दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ सुरक्षा भट्टराईलाई र रु २५ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ मिलन ढुङ्गानालाई प्रदान गरेको हो ।

सङ्घद्वारा बिहीबार साँझ आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महानायक राजेश हमाल, कलाकारहरू वसुन्धरा भुसाल, भुवन चन्द, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, सङ्घका अध्यक्ष समीर बलामीलगायतले सो सम्मान र पुरस्कार वितरण गरेका हुन् ।

महानायक हमालले आफूहरूले कलाकारिता थाल्दा कला क्षेत्र पेसागत रूपमा स्थापित नभएको अवस्थामा पत्रकारिताले यस क्षेत्रलाई थप स्थापित गराएको बताए । उनले चलचित्र पत्रकारले कला क्षेत्रको प्रशंसा मात्रै गरोस् भन्ने आफूहरूको अपेक्षा नभए पनि आलोचना तत्थ्यपरक होस् भन्नेमा आग्रह गरे ।

बोर्डका अध्यक्ष डिसीले चलचित्र पत्रकारितासँगको सहकार्यमा चलचित्र क्षेत्रको श्रीवृद्धिमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा चैत्यदेवी सिंह, अशोक शर्मा, बद्री पङ्गेनी, पल शाह, जितु नेपाल, सुरक्ष्या पन्त, नरेन्द्र महर्जन, उत्तम केसी, अरूणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, वसन्त थापालगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत