फस्ट लुक्समा ‘कमला मिस’

काठमाडौं । विजयबहादुर मल्लको चर्चित नाटक ‘कोही किन बर्वाद होस’मा आधारित रहेर नीर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ निर्माण गरिएको छ ।

आगामी २२ साउनमा रिलिज हुने यो चलचित्रको मंगलवार फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरिएको छ । बाल मनोवैज्ञानिक कथामा ‘कमला मिस’मा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडाको अभिनय छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

प्रसाईलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश