गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।
बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपु¥याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो । बिरुवा वितरणका लागि यही जेठ २१ गतेसम्म माग सङ्कलन गरिने जानकारी दिँदै उनले मागका आधारमा अनुदानमा उपलब्ध गराउन लागिएको महानगरपालिकाअन्तर्गत कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।
“बाँझो जमिनमा औषधीय गुण रहेको सिप्लीकान लगाउन सकिन्छ”, उनले भने, “तरकारीका लागि उपयोग गर्न सकिने सिप्लीकान बाँदरले पनि क्षति नपु¥याउने भएकाले यो बाँझो जग्गाहरूमा उपयोगी हुन्छ ।”
पोखरामा मौरीपालनतर्फ आकर्षण बढिरहेका कारण त्यसलाई सहयोग पु¥याउने उद्देश्यले चिउरीका बिरुवा पनि अनुदानमा उपलब्ध गराउन लागिएको प्रमुख कडरियाले जानकारी दिए ।
पोखरा महानगर क्षेत्रमा १५ हजारदेखि २० हजारसम्म मौरीका घारहरू रहेको उनले बताए ।
सम्बन्धित समाचार
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु






