काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुन:स्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
बुधवार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनले बाढीबाट नेपालका पूर्वाधारमा ठुलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।
उनले यसअघि पनि यस विषयमा छलफल भएको र नेपालले पुनर्निर्माण तथा पुन:स्थापनाको चरणमा अघि बढाउँदा आवश्यक सहयोग र परियोजना’bout थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पारे ।
मिस्रीले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै दुवै देश सुखद र कठिन परिस्थितिमा एक अर्काका साझेदार रहेको बताए । भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा भारतले सहयोग उपलब्ध गराएको पनि उनले स्मरण गरे । उनले दुई देशबीचका विभिन्न महत्वपूर्ण पहल र सहकार्यलाई अघि बढाउन दुवै पक्षका अधिकारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
मिश्रीले भने, ‘धेरै समयदेखि बाँकी रहेका विषयहरू समाधान गर्नुका साथै दुवै पक्षबाट अघि बढाइएका महत्वपूर्ण पहलहरूको कार्यान्वयनमा पनि प्रगति भएको छ । यसका लागि दुवै पक्षका सहकर्मीहरू प्रशंसा र बधाईका पात्र हुनुहुन्छ । यसै सन्दर्भमा हामीलाई निरन्तर सहयोग प्रदान गर्नुभएकोमा तपाईँ र तपाईँको टोलीलाई पनि धन्यवाद दिन चाहन्छु ।’
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न पहल तथा एजेण्डा’bout छलफल केन्द्रित हुने उनले बताएका छन् ।
सम्बन्धित समाचार
नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्: ओली
जाग्यो कांग्रेस, पछ्याउँदै देउवा पक्ष
सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक
छठलगत्तै संसद् बैठक बोलाउन विपक्षी दलको माग
मन्त्रिपरिषद् बैठक बस्दै
एआईले खोल्दैछ इतिहासका पुराना रहस्य
जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार, सात जनाको मृत्यु, ४० घाइते
निजामति कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने






