दलदलेमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको उक्त शोरुमको उद्घाटन जेठ १२ गते कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२४ आस्मा कुमारी के.सी.ले संयुक्त रूपमा गरेका हुन् ।

नयाँ शोरुममार्फत स्थानीय उपभोक्ताले विश्वस्तरीय वाल तथा फ्लोर टायल्सका विभिन्न डिजाइन सहज रूपमा अवलोकन तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै निर्देशक अग्रवालले काठमाडौं बाहिरका समुदायसम्म गुणस्तरीय टायल सेवा विस्तार गर्ने लक्ष्यअनुसार दलदलेमा शोरुम सञ्चालन गरिएको बताए ।

कजारिया रमेश टायल्सले नेपालभर १०० भन्दा बढी शोरुममार्फत सेवा दिँदै आएको छ । कम्पनीले ३,००० भन्दा बढी डिजाइनका टिकाउ, पानी तथा दाग प्रतिरोधी टायल उत्पादन गर्दै आएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट