एनसेललाई आईएसओ ९००१ र १४००१ मान्यता

काठमाडौं । एनसेलले गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी आईएसओ ९००१ र वातावरणीय व्यवस्थापन प्रणालीसम्बन्धी आईएसओ १४००१ अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । कम्पनीले यी प्रमाणीकरणले उच्च गुणस्तरीय सेवा र वातावरणीय जिम्मेवारीप्रतिको प्रतिबद्धता झल्काएको जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यसअघि प्राप्त आईएसओ २७००१ र २७७०१ डाटा सुरक्षा तथा गोपनीयता मान्यतापछि थप दुई अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त हुनु कम्पनीको सेवा गुणस्तरप्रतिको विश्वासको प्रमाण भएको बताए ।

कम्पनीका अनुसार यी मान्यताले ग्राहकलाई थप भरपर्दो सेवा, व्यवसायलाई दक्षता र साझेदारलाई कम्पनीको पारदर्शिता तथा दिगोपनप्रतिको विश्वास दिलाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको कांग्रेसको निष्कर्ष