संखुवासभा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचखपन नगरपालिका–३ बस्ने ३० वर्षीय अरूण राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)










