पोखरा । पोखरा–बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ अर्मादी घुम्तीमा बुधबार ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल दिउँसो पौने ४ बजे आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक पर्वतको जलजला गाउँपालिका–९, बनौ निवासी ४० वर्षीय हिरा गर्बुजा र पछाडि सवार कुस्मा नगरपालिका वडा १, मालढुंगा निवासी ३५ वर्षीय सुजन भण्डारी गम्भीर घाइते भएका थिए । दुवैलाई प्रदेश अस्पताल, कुश्मा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जनाए ।
ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी ३५ वर्षीय मनोज थापालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
बिम गाउँमा पक्की पदमार्ग
फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै
फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
फिर्के मिच्ने ८२ संरचना भत्काइयो
पोखराको पृथ्वीचोकमा भत्किए ठूला संरचना
गण्डकीको नीति तथा कार्यक्रम: रिटर्न टु भिलेज






