एकैदिन ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आज एकै दिन ३३४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षण आज ३१९ पुरुष र १५ महिला सङ्क्रमित भएको जानकारी दिए ।

आज देखिएको संक्रमण अहिलेसम्मकै सबभन्दा बढी हो । यससँगै सङ्क्रमितको संख्या दुई हजार ६३४ पुगेको छ । अहिलेसम्म ६५ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

लालपूर्जा माग्दै जिल्ला प्रशासन कार्यालय घेराउ