काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन् ।
आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उनले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए ।
उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन् । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
पाँच दिने भ्रमणको लागि दिल्ली उडे लामिछाने
राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध
वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
लुम्बिनी सरकारका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
स्वतन्त्र सांसद पुन फेरि मन्त्री बन्दै
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ
रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा






