वीरगञ्ज । आम जनता पार्टी (आजपा) मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै उक्त बजेट आम जनता, गरिब किसान तथा मजदुरको हितमा भन्दा पनि बिचौलियालाई पोस्ने खालको रहेको आरोप लगाएका छन् ।
अध्यक्ष कुशवाहाले बजेट बाहिरबाट हेर्दा आकर्षक नारा, भाषण र घोषणाले सजिएको देखिए पनि यसको वास्तविक सारले मधेश प्रदेशलाई झन् आर्थिक संकट र निराशातर्फ धकेल्ने निश्चित रहेको बताए ।
उनले बजेटमा प्रदेशको दीर्घकालीन विकासका लागि आवश्यक ठोस योजना र स्पष्ट दृष्टिकोणको अभाव रहेको जनाएका छन् । विशेष गरी भौतिक पूर्वाधार विकासका क्षेत्रमा कुनै प्रभावकारी भिजन प्रस्तुत नगरिएको तथा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रलाई अपेक्षित प्राथमिकता नदिइएको उनको आरोप छ ।
कुशवाहाले किसान, मजदुर, बेरोजगार युवा तथा निम्न आय भएका नागरिकका समस्यालाई सम्बोधन गर्ने कार्यक्रम बजेटमा समावेश नभएको उल्लेख गर्दै यसले जनताको जीवनस्तर सुधार्न नसक्ने दाबी गरे । प्रदेश सरकारलाई सीमित कार्यकर्ता तथा बिचौलिया वर्गलाई लाभ पु¥याउने प्रवृत्ति अन्त्य गरी जनमुखी, पारदर्शी र विकासमुखी बजेट तथा कार्यक्रम ल्याउन आग्रह गरे ।
आम जनता पार्टीले प्रदेश सरकारलाई किसान, मजदुर, युवा तथा विपन्न वर्गको हितलाई केन्द्रमा राखी बजेट कार्यान्वयन गर्न तथा विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विशेष प्राथमिकता दिन माग समेत गरेको छ ।
सम्बन्धित समाचार
‘सनसेट ल’को मस्यौदा तयार
एनसेलबाट सरकारले उठाउनुपर्ने करिब १ खर्ब रुपैयाँ जोखिममा
४१ प्रतिशतले वृद्धि रेमिट्यान्स
बिकराल बन्दै महानगरपालिकाका अनियमितता र बेरुजु
खोकनामै अड्कियो गौरवको आयोजना
मधेश प्रदेशमा टुक्रे योजना बन्द
नेपाली चियामाथि भारतीय घेराबन्दी, किसान र उद्योगी संकटमा
प्रतिपक्षीको बहिष्कारबीच राति ११:४५ बजे सुदूरपश्चिमको बजेट





