तनहुँ । जिल्लाको भानु नगरपालिकाले ८८ जना गर्भवतीका लागि पोषणयुक्त खाद्यान्न वितरण गरेको छ। सामाजिक विकास कार्यक्रमको आयोजना, भानु नगरपालिकाको समन्वय तथा सानिमा बैंकको आर्थिक सहयोगमा बिहीबार पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो।
गर्भावस्थामा आमाको स्वास्थ्य अवस्था सुदृढ बनाउन र पोषणको पहुँच बढाउने उद्देश्यले कार्यक्रम लागू गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईले बताए। पहिलो चरणमा वडा नं १ देखि ६ सम्मका गर्भवतीलाई लक्षित गरी सम्बन्धित वडामा पुगेर पोषणयुक्त खाद्यान्न प्रदान गरिएको छ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले स्वास्थ्य र पोषणमा लगानी गर्नु स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। नगरपालिकाले गर्भवती तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
सम्बन्धित समाचार
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
बागलुङ नगरपालिकाले भन्यो : १५ दिनभित्र संरचना हटाऊ
अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला
‘मालिका रेन्बो ट्राउट फार्म’मा चहल पहल
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति







