स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडालाई २-१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
क्यानडा र स्विट्जरल्यान्ड नकआउट चरणमा,
स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । खेलको ५७ औ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे । तर खेलमा त्यसपछि गोल हुन सकेन र अन्ततः स्विट्जरल्यान्डले क्यानडामाथि २-१ गोलको जित निकाल्यो ।
स्विट्जरल्यान्डले तीन खेलबाट सात अङ्क जोड्यो । पराजित क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको चार अङ्क छ । यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि प-यो ।
आजै भएको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गर्दै जित निकालेको थियो । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ । बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । एक अङ्क बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ ।
सम्बन्धित समाचार
विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीलाई रातो कार्ड
पौडी खेलाडी छनोट विवाद अदालतमा, राखेपको पत्र शंकास्पद
जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?
आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध
बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल गोलरहित बराबरी
फ्रान्सको जीतमा एम्बाप्पेको २ गोल
कांक्रेविहार राष्ट्रिय हाफ म्याराथनले बढायो पुरस्कार राशी






