काठमाडौं । काठमाडौं महानगरपालिको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ । पछिल्लो समय डेंगीका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरणअन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ ।
उक्त अभियानका लागि महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघसंस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महामारी रोग रोकथाम तथा निन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार महानगरले यस वर्षको बर्खायामको प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिमप्राप्त एक हजार ६५० जना जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)
सम्बन्धित समाचार
डाबरको महमा पुनः कैफियत, कार्वाही माग
कक्षा १२ को परीक्षा’bout छानबिन गर्न सरकारले बनायो समिति
कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड
रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ
आर्थिक अनियमितता गर्नेविरुद्ध थप आक्रमक हुने प्रधानमन्त्रीको संकेत
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
रातको समयमा कान्ति लोकपथमा यात्रा नगर्न प्रशासनको आग्रह
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल






