जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव

जुम्ला । जुम्ला सिँचाइ कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

कार्यालयमा प्राविधिक कर्मचारीको दरबन्दीअनुसार लामो समयसम्म पदपूर्ति हुन नसक्दा कार्यालयको सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुख अङ्कलबहादुर महतले जानकारी दिए ।

कार्यालयमा २१ दरबन्दीमध्ये अहिलेसम्म ११ वटा पदपूर्ति भएको छ । अझै १० वटा पदपूर्ति हुन सकेको छैन । दरबन्दीअनुसार कर्मचारी हुनुपर्ने भए पनि हालसम्म पदपूर्ति हुन नसकेको कार्यालय प्रमुख महतले बताए ।

दरबन्दीअनुसार अधिकृत छैटौँ इन्जिनियर दुई, सब–इन्जिनियर पाँचौँ तीन, प्राविधिक सहायक चौथो तीन र ऊर्जा प्राविधिक दुई जना कर्मचारी रिक्त रहेका छन् ।

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती हुने र जनताको गुनासो आउने गरेको प्रमुख महतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव