मौलापुरमा हाकिम खोज्दै नगरवासी आन्दोलित

काठमाडौं । रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुतला दहन गरिएको छ । बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन गरिएको हो ।

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन् ।

विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ । सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पुरा नगरेपछि मन्त्रालय फिर्ता बोलाए पनि अर्को अधिकृत नपठाएर बजेट प्रिज गर्ने काम भएको छ ।

प्रधानमन्त्री बालेनले सुशासनको वर्ष मनाइरहेको र सदाचारको नीतिमा अगाडी बढीरहेको बताउदै गर्दा मौलापुरमा हाकिम विहीन बनाउने कामले स्थानीय सेवाग्राही आक्रोशित भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुशासन र सदाचारको धज्जी उडाउदै मौलापुरमा हाकिम पठाउँ नचाहेको आरोप स्थानीय बासिन्दाको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंमै बसेर प्रमुख प्रशासकीय अधिकृतले अवैध तरिकाले निकाले करोडौं रकम