लमजुङ । लमजुङमा हराएको पाँचौं दिन जंगलमा शव फेला परेका बुद्धिबहादुर बोहराको हत्यारा उनकै निकटका साथी भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, लमजु्ङले मृतकका आफन्तजनको रोहबरमा पत्रकार सम्मेलन गरी बुधबार साँझ केही बेर अघिमात्र त्यसको खुलासा गरेको हो ।
बेसीशहर नगरपालिका– १ मा स्थायी बसोबास भई सोही नगरपालिका– ८ को सेरा स्थित तामाङ टोलमा घर बनाई बसोबास गर्दै आएका बोहराको शव लमजुङको बेसीशहर नगरपालिका– १ को आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा शरीर तथा अनुहारको भाग सडिगली शंकास्पद अवस्थामा मृत फेला परेको थियो प्रहरीले जनाएको थियो । असार २१ गतेदेखि बेखबर रहेका बोहराको शव २५ गते बिहान जंगलमा फेला परेको थियो ।
प्रहरीका अनुसार बोहराकी श्रीमती बालकुमारीले असार २३ गते हुलियासहित निवेदन दिएर खोजतलासको अनुरोध गरे पश्चात उनलाई प्रहरी र आफन्तहरूबाट खोजतलास गर्ने कार्य जारी रहेकै अवस्थामा असार २५ गते विहान शव फेला परेको थियो । त्यसपछि बालकुमारीले ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी शिर्षकमा सोही दिन जाहेरी दरखास्त प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए ।
उनका अनुसार सो घट्नाको अनुसन्धानको क्रममा विभिन्न सम्भावित स्थानका ऋऋत्ख् फुटेज तथा प्रबिधिक विश्लेषणबाट घटनाका कसूरदार लमजुङ दोर्दी गाउँपालिका– १ को ढोकेगाउँ निवासी बिजय लामिछाने भएको एकीन भएको हुँदा निजलाई नियन्त्रणमा लिने काम भयो । उनले भने, ‘लामिछानेलाई सोधपुछ गरेका लागि असार ३० गते पक्राउ गरी ल्याइएको हो ।
उनीसँग प्रारम्भिक सोधपुछ गर्दा मृतकको घाँटीमा लगाएको सुनको सिक्री र हातमा लगाएको सुनको औंठीको लोभले आफूसँग पैसाको समेत अभावका कारणले बोहराको हत्या आफैले गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार बिजय लामिछाने बोहरासँग लामो समयदेखि संगत गरी प्रायः सँगसँगै हिडडुल गर्ने गरेका र उनले भनेपनि हार्न नसक्ने अति विश्वासको साथी भएको समेत खुल्न आएको छ ।
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द
विद्युत उपभोक्ता संस्थाको अधिवेशन ९ वर्षदेखि भएन
तनहुँमा प्रभावकारी बन्दै कृषि उद्यम विकास कार्यक्रम
फेवातालमा डुबेर भारतीय युवकको मृत्यु
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि
बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’





