त्रियोग चेस बुधवारदेखि

काठमाडौं । छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधवार सुरु हदै छ । त्रियोग हाइ स्कुलको आयोजनामा हुने ३ दिने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ८ स्पर्धा समावेश छन् ।

स्वीस लिग प्रणालीमा हुने प्रतियोगिताको अन्तरगत बुधवार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ उमेर समूहका छात्र र छात्राको खेल हुने छ ।

बिहीबार कक्षा ६ र ७ तथा ८ देखि १० समूहको छनोट खेल हुने छ । शुक्रवार अन्तिम चरणको खेल हुने छ । हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यस संस्करण भने विद्यालयको ४० औ स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर