काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सको युट्रेच्टस्थित स्पोर्टपार्क मार्स्खाल्करवेर्टमा भइरहेको खेलमा टस गुमाएर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको हो।
नेपालको इनिङ्समा आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। यस्तै गुलशन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४ र सोमपाल कामीले १० रनको योगदान दिए। करण केसी १३ रनमा अविजित रहे।
नेदरल्यान्ड्सका बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै नेपालको मध्यक्रमलाई दबाबमा राखेका थिए। घरेलु टोलीका एलेक्स रोय र रोयलोफ भान डर मेर्वेले समान तीन-तीन विकेट लिए भने लोगान भान वीकले दुई विकेट हात पारे। केल क्लेइनले एक खेलाडीलाई पभेलियन फर्काए।
अब नेदरल्यान्ड्सले जितका लागि १५८ रनको लक्ष्य पछ्याउनेछ।
तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)
सम्बन्धित समाचार
फ्रान्स र मोरोक्को दोस्रो पटक विश्व कपमा भिड्दै
मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा
मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा
अर्जेन्टिनालाई उपाधि रक्षा चुनौतीपूर्ण
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
फ्रान्स र स्पेनमध्ये को पुग्ला विश्वकप फाइनलमा ?
सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित
अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल






