काठमाडौं । काठमाडौं जिल्लामा एक वर्षमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी परेको छ ।
उजुरी परेका मध्ये ४८ थान मुद्दा अनुसन्धान सकेर अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ५० वटा मुद्दा मेलमिलाप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए।
२०८० असार देखी गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालयहरूले अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान गर्दै आएका छन् । आर्थिक वर्ष २०८२–०८३ मा आएका अनुचित लेनदेनका १ सय ८९ उजुरी फर्छ्योट हुन बाँकी रहेको एसपी भट्टराईले बताए।
तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो
प्रधानमन्त्री र लिङ्देनबीच भेटवार्ता
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
खैरो हेरोइनसहित चार जना पक्राउ






