सर्पदंशले एकैदिन ४ महिला र एक बालक अस्पताल भर्ना

राजविराज । गर्मी मौसमको सुरुवात संगै सप्तरीमा सर्पदंशको घट्ना ह्वात्तै बढेको छ । गर्मीसंगै केही दिन यता सुरु भएको बर्षाले सर्प जमिनबाट बाहिरिने गरेकाले सर्पदंशको घट्ना ह्वात्तै बढेको हो ।

पछिल्लो पटक शुक्रबार एकैदिन जिल्लाको विभिन्न पालिकाका गरी एक बालक सहित ५ जना सर्पदंशबाट सिकिस्त भई उपचारका लागि सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालको आकस्मिक कक्षका सिनियर अहेब सन्तोष दासका अनुसार यसरी सर्पदंशबाट सिकिस्त भई उपचारका लागि भर्ना हुनेहरुमा तिलाठी कोईलाडी गाउँपालिका ८ का ९ बर्षीय ध्रुव कुमार साह, राजविराज नगरपालिका ३ की ५५ बर्षीया हजरा खातुन, महदेवा गाउँपालिका ३ की २३ बर्षीया गुलाबदेवी यादव तथा विष्णुपुर गाउापालिका ५ की ३२ बर्षीया शुशिला देवी मंडल छिन् ।

उनीहरु मध्ये मंडलको अवस्था गम्भिर रहेकाले प्रारम्भिक उपचार पछि थप उपचारका लागि विराटनगर रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अत्यधिक गर्मी र फाटफुट बर्षाका कारण दुलो र झारपातबाट सर्प बहिर आउँदा सर्पदंशको घट्ना बढ्दै गएको अस्पतालका सिनियर अहेब दासको भनाई छ ।

उनले दैनिक ३ देखि ७ जना सम्म सर्पदंशबाट घाइते भई उपचारका लागि आउने गरेको जानकारी समेत दिए । सर्पदंशको घट्ना बढ्दै गएपछि अस्पतालमा एन्टी स्नेक भेनम औषधी पर्याप्त मात्रामा स्टक राखिएको अस्पताल प्रशासनको भनाई छ ।

अत्यधिक गर्मीका कारण सर्पदंशको मात्र नभई डायरिया, ज्वरो लगायतको रोगबाट पीडित बिरामीको चाप समेत बढेको छ । बिरामीको चाप बढ्दै गएपछि भुईमै थप बेडको व्यवस्था गरी उपचार सेवा प्रदान गरिरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अस्पताल आउने अधिकांश सर्पदंशका पीडित ग्रामीण क्षेत्रको बासिन्दा रहेको पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा