सुदूरपश्चिममा धनगढीबाट पहिलो पटक भूमि प्रशासन सेवा सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक धनगढी उपमहानगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु भएको छ । उपमहानगरपालिकाले भूमि व्यवस्थापन शाखा स्थापना गरेर चालु आर्थिक वर्षदेखि नापनक्सा, जग्गा लिखत पास र राजस्व संकलन लगायतका सेवा सञ्चालनमा ल्याएको हो ।

यसअघि यी सेवाहरू भूमि सुधार, मालपोत र नापी कार्यालयबाट प्रदान हुँदै आएका थिए । अब ती सबै सेवा उपमहानगरपालिकाको भूमि व्यवस्थापन शाखाबाटै नियमित रूपमा उपलब्ध हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख भुवन शाहीका अनुसार यससँगै सुदूरपश्चिमका ९ जिल्लामा रहेका ८८ स्थानीय तहमध्ये भूमि प्रशासनसम्बन्धी सेवा आफैँ सञ्चालन गर्ने धनगढी उपमहानगरपालिका पहिलो र हालसम्मको एकमात्र स्थानीय तह बनेको छ ।

सेवा विकेन्द्रीकरण भएसँगै अब धनगढी उपमहानगरपालिकामा १९ वटै वडाका सेवाग्राहीले भूमि प्रशासनका लागि जिल्लाका भूमि सुधार, मालपोत र नापी कार्यालय धाउनुपर्ने झन्झट हटेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका व्यक्तिको शव फेला