काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेका तीन मजदुरको मृत्यु भएको छ ।
आज बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४०–४२ वर्षीय कालु थारु, २६–२७ वर्षीय प्रकाश थारु र ३३–३४ वर्षीय बिर्जा थारु रहेका छन् ।
सेफ्टी ट्याङ्कीमा तीन जना मजदुर फसेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरबाट १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)
सम्बन्धित समाचार
विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति
मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते
स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना
सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान
एमाले नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख
सुर्खेतको हलकण्डरामा जिप दुर्घटना, १२ जना घाइते






