पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सदस्यको कोरोना बीमा शुरुआत गरेको छ । बीमाको लागि महासंघले मंगलबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग सो सम्बन्धमा सहमति भएको छ ।
पहिलो दिन महासंघका १ सय भन्दा बढी पत्रकारको कोरोना बमिा गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । अन्य सदस्यको क्रमशः गरिँदै जाने उनले बताए ।
बीमकतर्फबाट सिद्धार्थ इन्स्योरेन्सका पोखरा शाखा प्रमुख गोविन्दप्रसाद देवकोटा र बीमिततर्फबाट पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साक्षी महासंघ जिल्ला सहसचिव दीननाथ बराल र सिद्धार्थ इन्स्योरेन्सका अमिर बराल छन्।
कोरोना बीमाबापत महासंघले प्रतिव्यक्ति ६ सय रुपैयाँ सो कम्पनीलाई उपलब्ध गराउने छ । बीमा गरेका पत्रकारमा कोरोना पुष्टि भए कम्पनीले १ लाख रुपैयाँ उपलब्ध गराउनुपर्नेछ ।
महासंघको बीमा अभियानलाई तमु धिं यूकेबाट उक्त अभियानलाई आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले जनाए। महासंघ कास्कीमा करिब ३ सय पत्रकार आवद्ध छन् ।






