नालीमा लडेर एक जनाको मृत्यु

सांकेतिक तस्वीर

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– १० धुसेनीटारको भिरको नालीमा लडेर एक जनाको मृत्यु भएको जनाएको छ । सोही वडाको धुसेनी गाउँका ४४ वर्षीय सुर्यबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार धुसेनी गाउँबाट कोइरालाफाँट गाउँतर्फ जाँदै गर्दा बुधबार बिहान ८ बजे लडेर भण्डारीको मृत्यु भएको हो ।

उनले भने, ‘उनको नालीमा जमेको पानीमा टाउको डुबेका कारण उनको घट्नास्थलमै मृत्यु भएको स्थानीयले बताका छन् ।’ मृतक भण्डारीको शवलाई पोष्टमार्टमको लागि बेसीशहर स्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनले भने, ‘मादकपदार्थ सेवन गरेका कारण लडेर मृत्यु हुन गएको स्थानीयले अनुमान गरेका छन् । तर पनि हामी त्यस घट्नाका ’boutमा थप अनुसन्धान गर्दछौं ।’

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम