बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरूद्ध भएका छन् । कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा बिहानैदेखि सडक अवरूद्ध भएको छ । यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको सूचना अधिकारी त्वातीले जानकारी दिए । सडक अवरूद्ध भएपछि यात्रु बाटोमै अलपत्र परेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)
सम्बन्धित समाचार
देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा
तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन
मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा ६ जना घाइते
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता






