काठमाडौं । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे ।
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पु¥याएर ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई पनि असार २४ गते पक्राउ गरियो । त्यसैगरी इसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका २२ वर्षीय शुभम साहलाई पनि सुरक्षाकर्मीले असार २ गते नियन्त्रणमा लिएका थिए ।
सुरेन्द्र, विवेक र शुभम प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई ब्ल्याकमेल गर्ने, ठगी गर्ने, अनलाइन स्क्यामिङ गर्ने, सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) मा अनधिकृत पहुँच पु¥याउनेलगायत विद्युतीय कसुरमा संलग्नलाई सीमित स्रोतसाधनका बाबजुद उपलब्ध प्रविधिको उच्चतम प्रयोग गरी कानुनी दायरामा ल्याउन साइबर ब्यूरो सक्रिय रहेको जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा साइबर अपराधमा १६१ वटा मुद्दा दर्ता भएका थिए भने १५५ जना पक्राउ परेका थिए ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक/म्यासेन्जरको दुरुपयोगका सात हजार १२३, टिकटकका छ हजार ७७६, ह्वाट्सएपका तीन हजार १०५, टेलिग्रामका एक हजार ३१, इन्स्टाग्रामका ६२८, इमेलका ११४, भाइबरका २१, इमोका ३८, युट्युबका ६४, वीच्याटका १४, ट्वीटरका ११, गुगलका ११, इसेवा/खल्ती/बैंक खाता÷एसएमएसका ७४४ र संस्थासम्बन्धी ८४६ वटा रहेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ र आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए ।
साइबर अपराधको पछिल्लो प्रवृत्ति’bout साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरुपयोग पनि बढिरहेको बताए । उनका अनुसार पछिल्ला दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा विशेषगरी बैंक तथा वालेट कार्यालयबाट बोलेको भन्दै पीडितको बैंक खातामा पहुँच पु¥याएर ठगी गर्ने, गिफ्ट, लोट्री तथा पार्सल पठाएको भन्दै ठगी गर्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने, टेलिग्राम, ह्वाट्सएप तथा इन्स्टाग्राममा अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने र अनलाइन सपिङका नाममा ठगी गर्ने प्रवृत्ति बढेको छ ।
प्रविधिको दुरुपयोगका कारण अपराधका नयाँ शैली र प्रवृत्ति देखिन थालेपछि अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता चुनौतीको सामना गर्दै प्रविधिको प्रयोगबाट हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरिएको हो ।
ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीको साइबर अपराध तथा सुरक्षासम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै आम नागरिकमा साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउने विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । प्रविधिको प्रयोगबाट हुने अपराधको रोकथाम तथा अनुसन्धानमा नेपाल प्रहरी सक्रिय रहँदै आएको छ ।
साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने गरेको छ ।
सम्बन्धित समाचार
ज्यान मार्ने धम्की, नशालु पदार्थ र करणी आरोप : मोरङमा तीन जना पक्राउ
कारोबारी सयरमा, भरिया जेलमा !
जयपृथ्वी राजमार्ग : वर्षौंदेखि बझाङबासीको जोखिमयुक्त नियति
भुक्तानीको चक्करले घण्टाघरका घडी धर्म छोड्दै
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
आणविक नीतिमा पुनर्विचारको संकेतपछि जापानमा चिन्ता
लागुऔषधसहित दुई जना पक्राउ
‘ब्रोड पिक’मा निधन भएकामध्ये ३ नेपालीको शव काठमाडौं ल्याइयो






