काठमाडौं । सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजी नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम गर्दैछ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले वर्तमान सरकारले जेनजीको माग सम्बोधन नगरेकाले आन्दोलनको विकल्प नभएको बताए । कमन जेनजी नेपालले आउँदो २३ भदौमा काठमाडौं सहित देशैभरी सरकार विरुद्ध प्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।
‘देशको वर्तमान अवस्था र जेनजी आन्दोलनको समीक्षा गर्दै वर्तमान सरकारका सन्दर्भमा विभिन्न जेनजी संगठन र अभियन्ताहरूको विशेष पत्रकार सम्मेलन सहित विशेष अन्तक्र्रिया कार्यक्रम काठमाडौंको संवाद डबलीमा शनिबार गर्दैछौं,’ अध्यक्ष साहले भने ।
पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा कमन जेनजी नेपालका अध्यक्ष विकेश साह सहित गरिखान देउका डा.जगत विक, जेनजी अभियन्ताहरु रविकिरण हमाल, कृष्णमोहन सहनी, सौरव भण्डारी, विरचन विके, सुनिल सिंह, सरिस्मा थापा, अभिनव वाग्ले सहभागि हुदैछन् ।
यसैगरी वैदिक सनातन युवा मोर्चाका राष्ट्रिय अध्यक्ष सुशील बराल, जेनजी मोमेन्ट एलाइन्सका अमित खनाल, मिथिला जेनजी एलाइन्सका शशीकुमार यादव, कर्णाली जेजनी संयोजक दिपेन्द्र विके, जेनजी अभियन्ता अमृतकुमार बोहरा, कमन जेनजी नेपालका उज्जवल शर्मा, रोनिश साह लगायतका जेनजी अभियन्ताहरु समेत अन्तरक्रिया कार्यक्रममा सहभागि हुने बताइन्छ ।
जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा अवस्था जहाँको त्यही छ । वालने शाह नेतृत्वको सरकारले देशलाई निकास विहीन बनाएको भन्दै ‘कमन जेनजी नेपाल’ले सरकारलाई खÞबरदारी गर्न आन्दोलनको घोषणा गरेको हो । वालेन सरकारलाई ‘फेक’ भन्दै कमन जेनजीले आउँदो भदौ २३ गते ‘फेक शासन विरुद्ध असल शासन’ नारासहित देशव्यापी प्रदर्शन गर्ने जनाइएको छ ।
जेनजीले आन्दोलनको उद्देश्य ‘सरकार फेर्ने’ मात्र नभई ‘समग्र सिस्टममा आमूल परिवर्तन’ ल्याउनु थियो। तर केही ‘छद्मभेषी र स्वार्थी समूह’ले आन्दोलनलाई हाइज्याक गरेर ‘सरकार फेर्ने खेल’ मा मात्र सीमित पारेको गम्भिर आरोप अध्यक्ष साहले लगाएका छन् ।
आन्दोलनमा रगत बगाउने सहिद र घाइतेहरू सहाराविहीन बनेको र बदलाव चाहने नेपाली जनता निराश भएको बताउदै उनले यथासिघ्र जेनजी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने माग समेत गरेका छन् ।
कमन जेनजीले आफूहरुको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको भन्दै सम्पूर्ण बदलाव चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वान समेत गरेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले थाले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल, को को छन् सहभागी ?
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री
काठमाडौंमा मोरक्कोको राष्ट्रिय दिवस मनाइयो
कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने
कांग्रेस संसदीय दलको बैठक सुरु
सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई के-के समस्या सुनाए ?
सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामकः मन्त्री गौतम






