इलाम । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने नयाँ पहल थालेको छ । लक्षित वर्गका लागि आइपिओमा ५ प्रतिशत सेयर आरक्षणको माग गर्दै पुँजी बजार शिक्षाको ‘मोडल भिलेज’ बनाउने प्रस्ताव अघि सारेको हो ।
गाउँपालिकाले नेपाल धितो पत्र बोर्ड (सेबोन) समक्ष लक्षित वर्गका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपियो) मा ५ प्रतिशत आरक्षणका सेयरको व्यवस्था गर्न माग गर्दै प्रस्ताव पेस गरेको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले बताए ।
अभिभावकविहीन बालबालिका, अपाङ्गता भएका व्याक्ति र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित
सेबोनलाई अभिभावकविहीन बालबालिका, अपाङ्गता भएका व्यक्ति र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आइपियोमा ५ प्रतिशत आरक्षित सेयर कोटा कायम गर्न माग गर्दे ज्ञापन पत्र बुझाएको स्याङ्बोको भनाई छ ।
‘यो माग केवल नीतिगत प्रस्तावमा सीमित छैन’ उनले भने, स्थानीय तहमा विद्यार्थी तथा विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम सञ्चालन, बैङ्क खाता तथा डिम्याट खाता खोल्न सहजीकरण, वित्तीय तथा पुँजी बजार साक्षरता विस्तारका काम अघि बढाइएको छ ।’
अपाङ्गता भएका व्यक्तिलाई पनि पुँजी बजारमा जोड्ने उद्देश्यले बैङ्क तथा डिम्याट खाता खोल्न सहजीकरण गरिएको र वित्तीय रूपमा सक्षम बनाउने र भविष्यमा लगानी तथा आर्थिक आत्मनिर्भरताको आधार तयार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको छ ।
‘साना लगानीकर्ता पनि पुँजी बजारका हिस्सेदार’
रोङ गाउँपालिकाले न्यून पुँजी भएका लगानीकर्तामैत्री नीति निर्माणको प्रस्तावसमेत अघि सारेको छ । सानो रकमबाट लगानी गर्न चाहने नागरिकलाई सहज रूपमा पुँजी बजारमा सहभागी गराउने वातावरण बनाउनुपर्ने अध्यक्ष स्याङ्बोको भनाई छ ।
‘पुँजी बजारको विस्तार केवल ठुला लगानीकर्ताको सहभागिताबाट मात्रै सम्भव हुँदैन’ स्याङ्बोले भने, ग्रामीण क्षेत्रका साना बचतकर्ता, विद्यार्थी, महिला, अपाङ्गता भएका नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गलाई समेत सुरक्षित र व्यवस्थित लगानीको अवसर उपलब्ध गराउन सके पुँजी बजार फराकिलो बन्नुपर्छ । ’
रोङलाई ‘मोडल भिलेज’ बनाउने प्रस्ताव
रोङ गाउँपालिकाले सेबोनको ‘राष्ट्रिय लगानी शिक्षा अभियान अन्तर्गत आफूलाई पुँजी बजार शिक्षाको नमुना स्थानीय तहका रूपमा विकास गर्न प्रस्ताव गरेको छ । गाउँपालिकाले वित्तीय साक्षरता, बचत, पुँजी बजारमा पहुँच, सुरक्षित लगानी र दीर्घकालीन पुँजी निर्माणका क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमलाई थप व्यवस्थित गर्दै ‘रोङ नमुना गाउँपालिका’ घोषणा गर्न सेबोन समक्ष आग्रह गरेको छ ।
गाउँपालिकाको प्रस्ताव कार्यान्वयन भए रोङलाई स्थानीय तहबाटै पुँजी बजारसम्बन्धी शिक्षा र व्यवहारिक अभ्यासको नमुना बनाउने आधार तयार हुने अपेक्षा रहेको अध्यक्षको भनाई छ ।
सेबोनलाई सुझाव
रोङ गाउँपालिकाले सेबोनलाई बुझाएको ज्ञापन पत्रमा स्थानीय तहले नागरिकको आर्थिक अवस्था, आवश्यकता र व्यवहारलाई नजिकबाट बुझ्ने भएकाले पुँजी बजारसम्बन्धी नीति निर्माणमा स्थानीय तहको अनुभवलाई समेत समेट्नुपर्ने धारणा राखेको छ ।
विशेष गरी विद्यालय तहदेखि नै बचत, वित्तीय साक्षरता र सुरक्षित लगानीको ज्ञान विकास गर्ने तथा आर्थिक रूपमा कमजोर वर्गलाई पुँजी निर्माणको प्रक्रियामा जोड्ने गाउँपालिकाको अवधारणालाई दीर्घकालीन रूपमा हेर्नुपर्ने माग रहेको छ ।
‘समावेशी पहुँच, वित्तीय साक्षरता, सुरक्षित लगानी र दीर्घकालीन पुँजी निर्माण’ लाई साझा प्रतिबद्धता बनाउँदै रोङ गाउँपालिकाले ग्रामीण क्षेत्रमा पुँजी बजारको पहुँच विस्तार हुने उल्लेख छ ।
सम्बन्धित समाचार
२५ दिन यता मेची राजमार्ग अवरुद्ध
२६ दिनदेखि एम्बुलेन्स रोकिए, बिरामी सुरक्षाकर्मीको काँधमा
एउटा घर, जहाँ इतिहास सास फेरिरहेको छ
अलैँची रोप्न व्यस्त इलामका किसान
विद्यार्थीलाई आईपीओमा जोड्दै इलामको रोङ
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
आणविक नीतिमा पुनर्विचारको संकेतपछि जापानमा चिन्ता
‘ब्रोड पिक’मा निधन भएकामध्ये ३ नेपालीको शव काठमाडौं ल्याइयो






