काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरणअनुसार साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत मुद्दती दुवैतर्फको औसत ब्याजदरमा केही गिरावट आएको छ । तथ्यांकअनुसार, वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर साउनमा ४.१७ प्रतिशत रहेकोमा भदौमा ०।०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशत कायम भएको छ ।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि साउनको ३.१२ प्रतिशतबाट घटेर भदौमा ३.०८ प्रतिशतमा झरेको छ ।
भदौ महिनाका लागि व्यक्तिगत ब्याजदरतर्फ सबैभन्दा धेरै सिद्धार्थ बैंकले ०.२९ प्रतिशत बिन्दुले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ ।
त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।
साउनको तुलनामा भदौका लागि व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा सिटिजन्सले ०.१ प्रतिशत, कुमारीले ०.०९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले ०.०५ प्रतिशत बिन्दुले घटाएका छन् । त्यस्तै, सिद्धार्थले संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट घटाएर ३.०५ प्रतिशत कायम गरेको छ ।
भदौ महिनाका लागि १४ वटा बैंकहरूले भने व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर स्थिर राखेका छन् । त्यस्तै, १८ वटा वाणिज्य बैंकले संस्थागत मुद्दतीतर्फको ब्याजदर स्थिर राखेको तथ्यांकले देखाएको छ ।
सम्बन्धित समाचार
सुनचाँदीको मूल्य घट्यो, कतिमा भइराखेको छ आज कारोबार ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
हिजो घटेको सुनचाँदीकै भाउ आज बढ्यो, कतिमा भइराखेको छ कारोबार ?
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
३ लाख कट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुन तोलामै ६ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?
आज पनि तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?






