बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् ।
आज सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ४५ मत खस्दा विपक्षमा २६ मत परेको थियो ।
मतदान प्रक्रिया सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरेका थिए ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी ( नेकपा), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका थिए ।
नेपाली कांग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बसेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)
सम्बन्धित समाचार
तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन
दुर्घटनामा परेका आफ्नै साथीको हत्या गर्ने चालक पक्राउ
दाङमा सकियो ९४ प्रतिशत रोपाइँ
पूर्वाधारमन्त्री लम्सालले रोहिणीबाट मन्त्रालय चलाउने
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
पहिरोमा पुरिएर ७२ वर्षीया वृद्धाको मृत्यु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
खपटे किरोे र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै






