गृहमन्त्री भन्छन् : आफ्ना मतदातासँग जोक गर्न हुँदैन त ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई भोट फिर्ता लैजानोस् भन्ने अभिव्यक्तिलाई जोक गरेको बताएका छन् । बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मतदातासँग जोक गरेको बताएका हुन् ।

‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’, सञ्चारकर्मीसँग झोक्किँदै गुरुङले भने । केही दिनअघि निर्वाचन क्षेत्रका जनताका समस्या बुझ्ने क्रममा उनले निर्वाचनको बेला वाचा गरेको स्वास्थ्य सामाग्री उपलब्ध नभएकोप्रति मतदाताहरूले गुनासो गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव