किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई तत्काल पक्राउ वा धरपकड नगर्न आदेश दिएको छ।

न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार श्रेष्ठको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनलाई नियन्त्रणमा नलिन अन्तरिम आदेश जारी गरेको हो।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई आधार बनाएर जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ हुन सक्ने र आफ्नो वैयक्तिक स्वतन्त्रतामा असर पर्न सक्ने दाबी गर्दै श्रेष्ठले अदालतमा निषेधाज्ञासहितको रिट निवेदन दिएका थिए।

अदालतले प्रारम्भिक सुनुवाइपछि श्रेष्ठलाई पक्राउ गर्ने, धरपकड गर्ने वा थुनामा राख्ने सहितका कार्य नगर्न विपक्षीका नाममा आदेश दिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

चन्द्रनिगाहपुरमा टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक