सर्लाहीमा दुर्घटनामा एक छात्रासहित २ जनाको मृत्यु

सर्लाही । सर्लाहीमा बेग्लाबेग्लै दुर्घटनामा परी एक जना छात् सहित २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छ । सर्लाहीको सदरमुकाम मलंगवामा ट्र्याक्टरको ठक्करबाट गोडैता नगरपालिका–५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी २० वर्षकी छोरी गुडियाकुमारी गुप्ता मृत्य भएको हो।

शुक्रबार बिहान करिब साढे १० बजे मलंगवा नगरपालिका क्षेत्रमा नेपाल बैंक लिमिटेडको कार्यालय अगाडि ट्र्याक्टरले गुडिया हिडिरहेको अवस्थामा ठक्कर दिएको थियो। ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी गुडियाको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

मृतक गुडिया सर्लाही क्याम्पस, मलंगवामा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रहेको बताइएको छ। घटनापछि प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी सर्लाहीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। हरिपुर्वा नगरपालिका – ३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा भएको दुर्घटनामा हरिपुर्वा–३ का ४० वर्षीय कारी पमरियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

कमजोर बन्दै अमेरिकी डलर, मजबुत बन्दै थाई भाट