जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा निवृत्त कर्मचारीलाई सहज भएको छ। निजामती कर्मचारीका लागि पहिलो पटक ई–पेन्सन सेवा सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीले जानकारी दिए।
संघीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई–पेन्सन सेवा जुम्लामा पनि कार्यान्वयनमा ल्याएकामा गत वर्ष चार जना कर्मचारी त्यो सेवा प्राप्त गरेको उनको भनाइ छ।
कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले चन्दननाथ नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा त्यस सेवा लिएको जानकारी दिइएको छ। स्थानीय तहबाटै ई–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौं जान पर्ने बाध्यता हटेको छ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
जाजरकोटमा भूकम्पको धक्का
जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
मन्त्री छनोटमा कुरा नमिल्दा कर्णालीमा शपथ कार्यक्रम स्थगित
रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
मन्त्रिपरिषद् विस्तारमै अल्झिए कर्णालीका मुख्यमन्त्री शाही, २३ दिन बित्दा पनि सहमति हुन सकेन
वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता






