तिब्बत बाढी : मुग्लिङसहित तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको जनाउँदै जलविज्ञान तथा विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रम जोखिम बढेको बताएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले भने, ‘बाढी मुङ्लिनसम्म पुग्न सक्ने भएकाले नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक छ । विशेषगरी पृथ्वी राजमार्गलगायत नदी तटीय क्षेत्रमा पर्ने सडकमा आवतजावत बन्द गर्न आवश्यक छ ।’

यसैबीच, धादिङ जिल्ला प्रशासन कार्यालयले पनि रसुवा जिल्ला प्रशासन कार्यालयबाट बाढीको पूर्वसूचनासहित सतर्कता अपनाउन आह्वान भएको जनाउँदै सम्बद्ध सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशीमा बाढी आउँदा प्रहरी र सशस्त्रका २८ जना सम्पर्कविहीन