बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन

काठमाडौं । सरकारले रसुवामा आएको भीषण बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरेको छ। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनाका चार र निजी क्षेत्रका आठ वटा हेलिकप्टर परिचालन गरिएका छन्।

त्यस्तै, नेपाली सेनाको दुई वटा उद्धार र एउटा स्वास्थ्यकर्मीसहित तीन वटा हेलिकप्टर टोली नुवाकोट र रसुवा प्रस्तान गरेको छ। यससँगै धादिङ, नुवाकोट, रसुवा, चितवनका सबै सुरक्षा निकाय परिचालन गरिएको छ।

राहत उद्धार र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितको ट्यांकर काठमाडौंबाट परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा