भदौ २३ गते गर्ने भनिएको जेनजी आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । ‘कमन जेन–जी नेपाल’ले आउँदो भदौ २३ गते गर्ने भनेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । संघर्षका कार्यक्रम फिर्ता लिदै जेनजी युवाहरु अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेको छ ।

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आज प्रेस विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भई पुरै देश शोकको घडीमा रहेकाले पूर्वघोषित संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर पीडितको सहयोगमा जुटने जनाएका छन् ।

‘कमन जेनजी नेपालले यही २०८३ भदौ २३ गते जेनजी आन्दोलनको एक वर्षको अवसर पारेर “फेक शासनविरुद्ध असल शासन” को नारासहित देशव्यापी प्रदर्शनको साथै सडक आन्दोलनको घोषणा गरेको सर्वविदितै छ । तर, राष्ट्रले अहिले भोग्नुपरेको अकल्पनीय प्राकृतिक विपत्तिको कारण सिंगो देश शोकमा डुबेको यस दुःखद् घडीमा हामी पूर्वघोषित यस आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित् भएको जानकारी गराउँदछौं । साथै, कमन जेनजी नेपालको सिंगो पँक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पूनःस्थापनाको कार्यमा खटिनेपनि जानकारी गराउँदछौं,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तिले उल्लेख गरिएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी युवाहरु नुवाकोटका विभिन्न ठाउँमा पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा