राजविराज उच्च बारमा बहादुरको प्रवेशले भिड्न्त रोचक

राजविराज । कानुन व्यवसायीहरुको साझा संगठन राजविराज उच्च अदालत बार एशोसिएसनको भदौ २७ गते शनिबार चुनाव हुँदैछ । २२ पदका लागि हुन लागेको निर्वाचनमा ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

बृहत प्रजातान्त्रिक समूह (डिएलए) ले अधिवक्ता नविन सिंहको नेतृत्वमा तथा बृहत गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशील समूहले बलराम सिंहको नेतृत्वमा प्यानल सहित उम्मेदवार उतारेको छ ।

चुनावी मैदानमा अध्यक्ष पदमा अधिवक्ता देव बहादुर कटुवालले समेत स्वतन्त्र रुपमा उम्मेदवारी दिएर पुराशक्ति लगाएका छन् । उनले पनि आफ्नो स्पेस बढाउँदै लगेका हुन् । जसकारण विगतमा हुँदै आएको दुई समूह बीचको प्रतिस्पर्धा यसपल्ट त्रिपक्षीय प्रतिस्पर्धामा परिणत भएको हो ।

अध्यक्ष पदको तीनवटै उम्मेदवार कानुन व्यवसायी माझ निकै लोकप्रिय भएकाले बाजी कसले मार्ला ? भन्न कठिन भएको कानुन व्यवसायीहरू बताउँछन् ।

अघिल्लो निर्वाचनमा यहाँ बृहत प्रजातान्त्रिक समूहका हरेराम यादवले अध्यक्ष पदमा बाजी मारेका थिए । अध्यक्षसहित कार्यसमितिका १३ तथा ९ केन्द्रीय पार्षदका लागि हुने निर्वाचनमा दुई समूह प्यानल सहित तथा एक जना स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

बृहत प्रजातान्त्रिक समूहको तर्फबाट अध्यक्ष पदमा नवीन सिंह, उपाध्यक्षमा उमाशंकर देव, सचिवमा रामकुमार यादव, सहसचिवमा सुनिता कुमारी दास र कोषाध्यक्षमा उपेन्द्र यादव छन् । यस्तै सदस्यमा सुरेन्द्र प्रसाद यादव, प्रकाश कुमार यादव, डा. शिवनारायण यादव, बीपी कोइराला, सञ्जीव कुमार यादव, दिलिप यादव, मिथलेशचन्द्र लाभ र दिनेश कुमार सिंह चुनावी मैदानमा छन् । सोही प्यानलबाट केन्द्रीय पार्षदमा सुधा देव, गुञ्जेश्वर प्रसाद यादव, नारायण प्रसाद साह, डा. देवनारायण यादव, अशोक कुमार झा, नित्यदेव प्रसाद यादव, धीरेन्द्र प्रसाद यादव, बलवीर चौधरी र डा सन्तोष कुमार चमन यादव चुनावी मैदानमा छन् ।

बलराम सिंह अध्यक्ष पदको उम्मेदवार रहेको बृहत गणतान्त्रिक, लोकतान्त्रिक प्रगतिशील समूहको तर्फबाट उपाध्यक्षमा विनोद पाण्डे, सचिवमा पार्वती जोशी थारु,सहसचिवमा अस्मिता थापा र कोषाध्यक्षमा भोगीलाल यादवले उम्मेदवारी दिएका छन् ।

सो प्यानलबाट सदस्य पदमा रामप्रसाद यादव, सतीश कुमार दत्त, बालकृष्ण कार्की, भागवत यादव, रामनारायण चौधरी, सन्तोष कुमार चौधरी र राजकुमार साह चुनावी मैदानमा छन् ।

उक्त प्यानलबाट केन्द्रीय पार्षदमा श्याम कुमार पोखरेल, श्यामकान्त चौधरी, मनोज देव, बालकृष्ण ढुङ्गाना, कौशल किशोर दत्त, सत्यनारायण साह र अजय कुमार चौधरी चुनावी मैदानमा छन्

उक्त प्यानलबाट सदस्य पदका उम्मेदवार रहेका चन्द्रकान्त यादव र केन्द्रीय पार्षदका उम्मेदवार रहेका डा.हेमकुमार मिश्रले भने उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका संयोजक धर्मेन्द्र यादवले जानकारी दिए । यसैबीच बृहत् प्रजातान्त्रिक समूहको तर्फबाट सदस्य पदका उम्मेदवार रहेका दिलीप यादवले आफू बलराम सिंह नेतृत्वको बृहत गणतान्त्रिक, लोकतान्त्रिक प्रगतिशील समूहलाई समर्थन गरेको प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

दुई वर्ष कार्यकालका लागि हुने बार एसोसिएसनको निर्वाचनमा कुल २१७ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवाको टिमुरेस्थित सिमानामा नेपालको झण्डा राखियो