कञ्चनपुर। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै कञ्चनपुरका तीन पालिकामा भारी वर्षाको सम्भावना रहेकाले तयारी अवस्थामा रहन र सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जोखिम कायम रहेको जनाएको छ।
बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्याक्ति सुनिल चन्दले पालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिए। “नगर प्रहरी, वडाध्यक्षलाई तयारी अवस्थामा रहन भनेका छौँ”, उनले भने, “आवश्यक सामग्री तयारी अवस्थामा राखेका छौँ ।”
दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पूर्वतयारी अवस्थामा रहेको जानकारी दिए। मौसम पूर्वानुमान महाशाखाले सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचित गराउने र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ ।
कञ्चनपुरमा आज बिहानैदेखि अविरल वर्षा भइरहेको छ। महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ। इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङले साँझ ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव प्रति सकेन्ड एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ।
सम्बन्धित समाचार
बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा
पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन






