रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजीका क्रममा हालसम्म १ हजार ३५५ शव तथा मानव अङ्ग फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये हालसम्म ९८ जनाको सनाखत भएको छ । सनाखत भएका शव सम्बन्धित परिवारलाई बुझाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ती महतका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन् । बाढीपछि अझै करिब ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांक छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट मात्रै करिब १ हजार ९६७ जना र नुवाकोटबाट करिब २ हजार ३४० नेपाली सम्पर्कविहीन रहेको विवरण अद्यावधिक गरिएको प्रवक्ता महतले जानकारी दिइन् । सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक करिब ५८९ जना रहेको प्राधिकरणले जनाएको छ ।

यसैबीच बाढी तथा त्यसबाट सिर्जित विपद्मा फसेका १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । बाढीबाट प्रभावित तथा घाइतेमध्ये ६ हजार ६७२ जनाको उपचार गरिएको प्राधिकरणको तथ्यांक छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका ३२३ जनामध्ये २२८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रभावितका लागि स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ५३३ जना रहेका छन् । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।

उद्धार, खोजी, राहत तथा सुरक्षा व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् । उनीहरू बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनमा खटिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण