संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पाँचखपन-८ पोख्राङमा गएराति वर्षासँगै परेको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन्।
पाँचखपन-८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
हुरी-वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरेलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यस्तैगरी चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएको प्रहरी निरीक्षक राजवंशीले बताए।
घटना’bout जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
गम्भीर घाइते ६४ वर्षीय कट्वाल र ६२ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटरपूर्वमा रहेको जनाइएको छ।
सम्बन्धित समाचार
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
नमूना बस्ती पहिरोको उच्च जोखिममा
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
आजदेखि हेटौंडा–काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट, आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने
वैज्ञानिक प्रक्रिया पूरा गरी धमाधम शव व्यवस्थापन, यसरी गर्न सकिन्छ डिएनए परीक्षण
रसुवाको टिमुरेस्थित सिमानामा नेपालको झण्डा राखियो
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन





