काठमाडौं । जिल्ला अदालत काठमाडौंले ठगीसम्बन्धी कसुरमा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा बिहीबार उनीलगायतमाथि सजाय निर्धारण गरेको हो । तामाङ पूर्वसांसद्समेत हुन् ।
सहकारी संस्थाबाट लिएको ६ करोड ९० लाख रूपैयाँ ऋण कानुनबमोजिम ब्याजसहित बुझाउनु पर्ने र सो रकम मूल बिगोबाट घटाई हुन आउने बाँकी बिगो दामाशाही गर्ने फैसला भएको हो । उनीहरुलाई बिगो रकम ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रूपैयाँ दाबी गरिएको थियो ।
सो मुद्दामा गत ११ भदौमा तामाङसहित १७ जनालाई दोषी ठहर गरेको थियो । प्रतिवादी तामाङसँगै केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, सुमन नन्द वैद्य, प्रवीणप्रसाद प्रधान, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको थियो ।
दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीणप्रसाद प्रधान, नगेन्द्र बिमली, मुकुन्दप्रसाद नेउपाने, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद ५ हजार जरिबाना तोकिएको छ ।
त्यस्तै हरिहरप्रसाद लामिछाने, रामकृष्ण पौडेल, दानहिरा तुलाधर, सिर्जना शाक्य र लालकाजी गुरुङलाई जनही एक वर्ष कैद र १० हजार जरिबाना तोकिएको छ ।
केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार जरिबाना, मीना गुरुङलाई ५ महिना कैद र ४ हजार जरिबाना तोकिएको छ । त्यस्तै बिगो रकम भने दामाशाही हुने फैसला भएको छ ।
सम्बन्धित समाचार
बाढीबाट यातायात क्षेत्रमा भएको क्षति सम्बन्धमा अध्ययन गर्न समिति गठन
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन
पोखरामा ७६ शव गाडेर व्यवस्थापन
बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
सकियो माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको खोजीकार्य, भेटिएनन् थप
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने





