काठमाडौं । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सम्भावित सबै ठाउँमा खोजी तथा उद्धारको काम सम्पन्न भएको छ ।
शुक्रबार यो आयोजनाको सुरूङबाट सप्तरीका सञ्जय साह र काठमाडौंका कवीर महर्जनलाई जीवितै उद्धार र अर्का एक जनाको शव निकालिएको थियो । दुई जनाको जीवितै उद्धार हुँदा अन्यको पनि जीवित उद्धार हुनसक्ने सम्भावना बढेको थियो ।
आयोजनाको उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेले सुरूङ तथा पावर हाउसका मानिस जीवितै हुनसक्ने सम्भावित सबै ठाउँमा खोजी गर्दा थप कोही पनि फेला नपरेको बताए ।
‘भित्र सम्भावित जीवित हुने सबै ठाउँहरू पटक–पटक पुगियो। सबै हेरियो । तर कोही भेटिएन । अब भित्र जीवित अरू भेटिने सम्भावना रहेन । बाहिर निस्कनुभयो वा बगाएको हो ठ्याक्कै भन्न सकिने आधार छैन,’ उनले भने ।
यो आयोजनाको सुरूङ तथा पावर हाउस क्षेत्रमा ४० जना फसेको आशंका गरिएको थियो ।
सम्बन्धित समाचार
काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर, ६४ शव भेटिए
भोटेकोशी बाढी : उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
बाढीबाट यातायात क्षेत्रमा भएको क्षति सम्बन्धमा अध्ययन गर्न समिति गठन
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत आयो, उद्धार जारी






